२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ईपीएल : काठमाडौं र विराटनगरबीचको खेल रद्द

कान्तिपुर संवाददाता

काठमाडौँ — बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको सोमबारको पहिलो खेल रद्द भएको छ ।

ईपीएल : काठमाडौं र विराटनगरबीचको खेल रद्द

कीर्तिपुरको त्रिवि क्रिकेट मैदान नसुकेका कारण खेल रद्द हुन पुगेको हो । आइतबार दिउँसो भारी वर्षाले मैदान भिजेको थियो ।

बिहान ११ बजे अनफिल्ड अम्पायरद्वय विनयकुमार झा र सन्जय गुरुङले भिजेको मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले ११ बजेर ४० मिनेटमा पनि निरीक्षण गर्दा खेल खेल्न उपयुक्त नभएको जनाएपछि खेल रद्द भएको हो । यद्यपी आयोजकले एउटा मात्रै खेल भएको दिन यो खेल खेलाउने योजना बनाएको बताइएको छ ।

मैदानमा अम्पायरद्वयले काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने र उनका प्रतिद्वन्द्वी समकक्षी विराटनगरका करण केसीसँग खेल ढिलाइबारेमा छलफल गरेका थिए । र खेल हुन नसक्ने जनाएका थिए । त्यसपछि कप्तानद्वय हात मिलाएर मैदानबाट बाहिरिएका थिए ।

कम्तीमा ५/५ ओभरको खेल सञ्चालन हुन १२ बजेर २५ मिनेटमा खेल सुरु हुनुपर्थ्यो । तर त्यो पनि सम्भव भएन ।

आज पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तिम खेल खेल्दै थिए । उनको बलिङ र ब्याटिङ हेर्न मैदानमा दर्शकहरुको उत्साहित थिए । तर पाएनन् ।

गत शनिबार काठमाडौं किंग्सबाट खेल्दै ललितपुर प्याट्रियट्सविरुद्ध अफ्रिदीले खासै प्रभाव देखाउन सकेका थिएनन् । उनले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेका थिएनन् भने ब्याटिङमा उनको पालो नै आएको थिएन ।

आइतबार पनि भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचको दोस्रो खेल वर्षाका कारण बिथोलिएको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?