कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ईपीएल : काठमाडौं र विराटनगरबीचको खेल हुने सम्भावना पातलिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीच बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा सोमबारको खेल अझै सुरु हुन सकेको छैन । कीर्तिपुरको त्रिवि क्रिकेट मैदान भिजेको कारण खेल सुरु हुन ढिलाइ भएको हो । 

ईपीएल : काठमाडौं र विराटनगरबीचको खेल हुने सम्भावना पातलिँदै

बिहान ११ बजे अनफिल्ड अम्पायरद्वय विनयकुमार झा र सन्जय गुरुङले पछिल्लोपटक भिजेको मैदानको निरीक्षण गरेका थिए । उनीहरुले ११ बजेर ४० मिनेटमा अर्को निरीक्षण गर्ने जनाएका छन् ।

मैदानमा अम्पायरद्वयले काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने र उनका प्रतिद्वन्द्वी समकक्षी विराटनगरका करण केसीसँग खेल ढिलाइका बारेमा छलफल गरेका थिए ।

कम्तीमा ५/५ ओभरको खेल सञ्चालन हुन १२ बजेर २५ मिनेटमा खेल सुरु हुनुपर्छ । पछिल्लो स्थितिमा खेल हुने सम्भावना न्युन बन्दै गएको छ ।

आइतबार पनि भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचको दोस्रो खेल वर्षाका कारण बिथोलिएको थियो ।

जारी लिगमा पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले दुई खेल खेल्ने जनाइएको थियो । सोअनुरुप आज यो उनको अन्तिम खेल हुनेछ । काठमाडौं किंग्सबाट खेल्दै ललितपुर प्याट्रियट्सविरुद्ध अफ्रिदीले खासै प्रभाव देखाउन सकेका थिएनन् । उनले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेका थिएनन् भने ब्याटिङमा उनको पालो नै आएको थिएन ।

अफ्रिदीको टोली काठमाडौंले ललितपुरविरुद्धको सो खेल सजिलै ७ विकेटले जितेको थियो । विदेशी खेलाडीद्वय रहमनुल्लाह गुरबाज र रायन बर्लको अर्धशतकमा काठमाडौं किंग्स ले पहिलो खेलमा सफलता हात पारेको थियो । उपाधिको दावेदार मानिएको काठमाडौं किंग्स लगातार दोस्रो खेल विजयको खोजीमा छ ।

विराटनगर भने अघिल्लो दिन चितवन टाइगर्ससँग अन्तिम बलमा २ विकेटले पराजित भएको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?