३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ईपीएलमा अफ्रिदीको अन्तिम खेल :  मैदान भिजेका कारण ढिला सुरु हुने

विनोद पाण्डे

काठमाडौँ — काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीच बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा सोमबारको खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदान भिजेको कारण ढिलो सुरु हुने भएको छ ।

ईपीएलमा अफ्रिदीको अन्तिम खेल :  मैदान भिजेका कारण ढिला सुरु हुने

अघिल्लो दिन भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचको दोस्रो खेल वर्षाका कारण बिथोलिएको थियो । सोही वर्षाका कारण भिजेको मैदान खेल्न योग्य नभएपछि काठमाडौं किंग्स र विराटनगर बीचको खेल ढिला सुरु भएको हो ।

तस्बिरहरू : इलिट जोशी/कान्तिपुर

पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले दुई खेल खेल्ने जनाए अनुरुप आज यो उनको अन्तिम खेल हुनेछ । काठमाडौं किंग्सबाट खेल्दै ललितपुर प्याट्रियट्सविरुद्ध अफ्रिदीले खासै प्रभाव देखाउन सकेका थिएन् । उनले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेका थिएनन् भने ब्याटिङमा उनको पालो नै आएको थिएन् ।

अफ्रिदीको टोली काठमाडौंले ललितपुरविरुद्धको सो खेल सजिलै ७ विकेटले जितेको थियो । विदेशी खेलाडीद्वय रहमनुल्लाह गुरबाज र रायन बर्लको अर्धशतकमा काठमाडौं किंग्स ले पहिलो खेलमा सफलता हात पारेको थियो । उपाधिको दावेदार मानिएको काठमाडौं किंग्स लगातार दोस्रो खेल विजयको खोजीमा छ ।

विराटनगर भने अघिल्लो दिन चितवन टाइगर्ससँग अन्तिम बलमा २ विकेटले पराजित भएको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?