कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

च्याम्स विजयी

कान्तिपुर संवाददाता

सुनसरी — धरानमा सुरु च्यारिटेबल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको उद्घाटन खेलमा च्याम्स टिम विजयी भएको छ । च्याम्सले सिओन स्कुललाई ५–२ गोलले हरायो ।

असिम राईले दुई तथा दिवस सुनुवार, रोचक तिवारीे र साजन राईले १–१ गोल गरेका थिए । सिओनका सुदीप तामाङ र आशिष दर्नालले एक गोल गरे ।

मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३६ टिमले भाग लिएको आयोजकका अध्यक्ष लुकेन्द्र राईले बताए । विजेताले १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।



प्रकाशित : आश्विन ११, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?