१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपा (एस) निकट खेलकुद महासंघ गठन

रासस

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन गरिएको छ । यहाँ आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । 

एमाले निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत समाजवादीको जनवर्गीय संगठनका रूपमा महासंघमा रहने निर्णय गरेका हुन् । आगामी कात्तिक १२ र १३ गते काठमाडौंमा राष्ट्रिय भेला गरिने महासंघको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

पार्टीका उपमहासचिव विजय पौडेलले नयाँ कार्यसमितिलाई खेलकुदका माध्यमबाट देशभर संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरे । संघीय, प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशका विभिन्न स्थानमा लुकेका प्रतिभाशाली खेलाडीलाई पहिचान गरी उनीहरूलाई आवश्यक समन्वय र सहयोग गरी राष्ट्रिय खेलाडीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नवगठित कार्यसमितिका अध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गरे ।


प्रकाशित : आश्विन १०, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?