कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ईपीएल : चितवनलाई विराटनगरको कठिन लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — विराटनगर वारियर्सले चितवन टाइगर्सलाई बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबारको खेलमा १ सय ५२ रनको लक्ष्य दिएको छ ।

ईपीएल : चितवनलाई विराटनगरको कठिन लक्ष्य

जिम्बावेका पूर्वकप्तान सिकन्दर राजाले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको हो ।

राजाले ४७ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरी ६७ रन बनाए । सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३० रन बनाई अविजित रहे ।

विराटनगरको सुरुआत निकै खराब थियो । चितवनका कप्तान सोमपाल कामीले खेलेको पहिलो ओभरमै आसिफ शेखलाई शून्य र हेमराज चन्द्रपाललाई २ रनमा आउट गरी दुवै ओपनरलाई पेभेलियन फर्काएका थिए ।


तस्बिरहरू : इलिट जोशी/कान्तिपुर

अर्को ओभरमा कमलसिंह ऐरीले रायन पठानलाई ४ रनमा बोल्ड गरे । राजेश पुलामीले १ रनमा अनिल शाहको क्याच छाड्नु चितवनलाई महँगो पर्‍यो । अनिलले ३१ बलमा ३२ रन बनाए । सागर ढकालले अनिल र सुमित महर्जनलाई लगातार बलमा आउट गरे ।

कप्तान करण केसी १ रनमात्र बनाई शाहव आलमको बलमा आउट भए । सागरले ३ ओभरमा १४, कमलले ४ ओभरमा १९, करिम जन्नतले ४ ओभरमा ३२ र सोमपालले ४ ओभरमा ३४ रन खर्चेर २–२ विकेट लिए ।

प्रकाशित : आश्विन १०, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?