कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

काठमाडौं किंग्सविरुद्ध ललितपुरको पुनरागमन

विनोद पाण्डे

काठमाडौँ — पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा शनिबार काठमाडौं किंग्स ११ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ । 

काठमाडौं किंग्सविरुद्ध ललितपुरको पुनरागमन

पवनले ६१ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई रन १ सय ५७ बनायो । ४० बलमा अर्धशतक बनाएका पवनले कुल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गरे ।

साविक विजेता ललितपुरको सुरुआत निकै दयनीय भएको थियो । जितेन्द्र मुखियाले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेललाई आउट गरेका थिए भने ओभरको अन्तिम बलमा सेन्डोन विराकोडीलाई २ रनमा आउट गरी काठमाडौंलाई निकै उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शंकर रानाले २७ बलमा १४ रनमात्र बनाए पनि उनले पवनलाई राम्रो साथ दिए । पवनले त्यसपछि योगेन्द्रसिंह कार्कीसँग अर्को राम्रो साझेदारी गरे । योगेन्द्रले २० बलमा ३ छक्कासहित ३३ रन बनाए । पवन र योगेन्द्रलाई जिम्बावेका बलर रायन बर्लले लगातार बलमा आउट गरे ।

रासिद खान १ रनमै आउट भए । ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । नारायण जोशी ४ बलमा १२ रन बनाई अन्तिम ओभरमा आउट भए ।

काठमाडौं किंग्सका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रनमात्र खर्चेर ४ विकेट लिए । बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ र शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

प्रकाशित : आश्विन ९, २०७८ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?