३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ईपीएल : अफ्रिदीको टिम बलिङ गर्दै

विनोद पाण्डे

काठमाडौँ — काठमाडौं किंग्स ११ ले लतिलपुर प्याट्रियट्सविरुद्ध शनिबार बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेपछि ललितपुरलाई पहिला ब्याटिङमा बोलाएका हुन् ।

ईपीएल : अफ्रिदीको टिम बलिङ गर्दै

सन्दीपले पहिलो पटक ईपीएलमा कप्तान गरिरहेका हुन् । पछिल्लो सिजन उनले प्याट्रियट्सबाट खेलेका थिए । किंग्सको मुख्य आकर्षण पाकिस्तानी भेट्रान स्टार शाहिद अफ्रिदी हुनेछन् । अफ्रिदीले किंग्सबाट पहिलो दुई खेल खेल्ने छन् ।

टोलीका अन्य विदेशी खेलाडीमा जिम्बावेका रायन बुर्ल र अफगानिस्तानका रहमनुल्ला गुर्बाज खेलिरहेका छन् । किंग्सबाट सुबास खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, शेर मल्ल, राजु रिजाल, जितेन्द्र मुखिया र गुल्शन झा खेलिरहेका छन् ।

ललितपुर प्याट्रियटस नियमीत कप्तान ज्ञानेन्द्र मल्ल बिना नै खेलिरहेको छ । पछिल्लो सिजनमा प्याट्रियट्सलाई उपाधि दिलाएका ज्ञानेन्द्र ‘व्यक्तिगत कारण’ देखाएर खेलिरहेका छैनन् ।

ज्ञानेन्द्रको अनुपस्थितिमा कुशल भुर्तेलले प्याट्रियट्सको कप्तानी गरिरहेका छन् ।

२०१९ को पछिल्लो सिजनमा प्याट्रियट्सलाई उपाधि दिलाउदा जयकिशन कोल्सावाला, सन्नी पटेल र गौरव तोमार तीन प्रमुख खेलाडी थिए । उनीहरु पनि यसपटक साविक विजेता टोलीमा छैनन् ।

प्याट्रियट्सबाट श्रीलंकाका ओशाडा फर्नान्डो, सेन्डोन विराकोडी, अफगानिस्तानका अज्मतुल्लाह ओमाराजाई तथा भुटानका मिक्यो दोर्जी खेलिरहेका छन् । दोर्जीलाई प्याट्रियट्सले प्लेयिङ ११ मा राखेको छ र उनी ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका छन् ।

ईपीएलको नियम अनुसार एउटा टोलीले ३ जना विदेशी खेलाडी अनिवार्य मैदानमा उतार्नु पर्ने प्रावधान छ ।

प्रकाशित : आश्विन ९, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?