कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टुरिजम कप गल्फ हुने

काठमाडौँ — नेपाल गल्फ संघले नेपाल टुरिजम कप गल्फ च्याम्पियनसिप गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा पयर्टन दिवसको अवसर पारेर गर्न लागिएको स्पर्धा सोमबारदेखि बुधबारसम्म हुनेछ ।

पहिलो दुई दिन क्लब च्याम्पियनसिप हुने गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी गराए । त्यसमा गोकर्ण गल्फ क्लब, रोयल नेपाल गल्फ क्लब, आर्मी अफिसर्स क्लब, धरान गल्फ क्लब र पोखराको हिमालयन गल्फ क्लबका २–२ गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एसियाली खेलकुदमा नेपाललाई दुई स्वर्ण पदक दिलाएका सुवास तामाङले आर्मीबाट खेल्ने संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्यले बताए ।

स्ट्रोक प्लेका आधारमा हुने पहिलो दिनको खेल स्टेबल फर्म्याटमा खेलाइने भएको छ । बुधबार अन्तिम दिन कर्पोरेट गल्फ हुनेछ । त्यसमा ८० मध्ये १० देखि १५ महिला सहभागी हुने आयोजकको अपेक्षा छ ।

अन्तिम दिन होल नम्बर १० मा होल इन वान गर्नेले किया कार पुरस्कार पाउनेछन् । प्रतियोगिताको अनुमानित खर्च ५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कोभिड–१९ का कारण प्रतियोगिता हुन सकेन । सन् २०१९ को संस्करणमा ४० विदेशीले प्रतिस्पर्धा गरेका थिए । निर्देशक आचार्यले यसपालि विदेशी खेलाडी नभए पनि नेपालमा रहेका कूटनीतिज्ञलाई बोलाएर खेलाउने लक्ष्य रहेको बताए ।

प्रकाशित : आश्विन ९, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?