फ्रेन्ड्स र युक्यानको सहकार्य

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लबले जर्सी उत्पादक कम्पनी युक्यानसँग प्रायोजन सम्झौता गरेको छ । आगामी एक वर्षका लागि फ्रेन्ड्स र युक्यानबीच बिहीबार जर्सी सम्झौता भएको हो ।

फ्रेन्ड्स र युक्यानको सहकार्य

फ्रेन्ड्सका अध्यक्ष दीपक थापा र युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटीएल कम्पनीका निर्देशक राजेन महर्जनले हस्ताक्षर गरे । कात्तिक २९ देखि हुने भनिएको सहिद स्मारक लिगमा फ्रेन्ड्सले युक्यानको जर्सी लगाउने छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, क्लबका अध्यक्ष दीपक थापा, सहसचिव घनश्याम विष्ट, युक्यानका निर्देशक महर्जन र क्लब कप्तान प्रकाश बुढाथोकीले जर्सी सार्वजनिक गरेका थिए ।

निर्देशक महर्जनले फुटबल व्यावसायिक होस् भन्ने चाहनाका साथ फ्रेन्ड्ससँग जोडिएको र नयाँ सामग्रीलाई पहिलोपटक नै ‘ए’ डिभिजन क्लबसँग जोडेको बताए । खेलकुद सामग्री कम्पनीसँगको प्रायोजनले मनोबल थप बढेको र केही दिनमै टिमसँगै मुख्य प्रायोजक र प्रायोजकसँग सम्झौता गरिने अध्यक्ष थापाले जनाए ।

एन्फा अध्यक्ष शेर्पाले निजी कम्पनी युक्यानसँगै अन्य कम्पनीहरू फुटबलमा जोडिनु शुभसंकेत रहेको बताए । ‘ए’ डिभिजन लिगलाई टोली निर्माणका क्रममा रहेको फ्रेन्ड्समा प्रकाश बुढाथोकी लामो समयपछि क्लबमा फर्किएका छन् भने सुशील लामा पनि अनुबन्धित भइसकेका छन् ।

प्रकाशित : आश्विन ८, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?