टुरिजम कप गल्फ हुने

काठमाडौँ — नेपाल गल्फ संघले नेपाल टुरिजम कप गल्फ च्याम्पियनसिप गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा पयर्टन दिवसको अवसर पारेर गर्न लागिएको प्रतियोगिता सोमबारदेखि बुधबारसम्म हुनेछ । 

टुरिजम कप गल्फ हुने

पहिलो दुई दिन क्लब च्याम्पियनसिप हुने गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी गराए । त्यसमा गोकर्ण गल्फ क्लब, रोयल नेपाल गल्फ क्लब, आर्मी अफिसर्स क्लब, धरान गल्फ क्लब र पोखराको हिमालयन गल्फ क्लबका २–२ गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एसियाली खेलकुदमा नेपाललाई दुई स्वर्ण पदक दिलाएका सुवास तामाङले आर्मीबाट खेल्ने संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्यले बताए ।

स्ट्रोक प्लेका आधारमा हुने पहिलो दिनको खेल स्टेबल फर्म्याटमा खेलाइने भएको छ । बुधबार अन्तिम दिन कर्पोरेट गल्फ हुनेछ । त्यसमा ८० मध्ये १० देखि १५ महिला सहभागी हुने आयोजकको अपेक्षा छ । उनीहरूलाई एकदिवसीय फर्म्याटमा खेलाइने छ । महिला खेलाडी नभएका कारण क्लब च्याम्पियनसिप हुन नसकेको आचार्यले बताए ।

अन्तिम दिन होल नम्बर १० मा होल इन वान गर्नेले किया कार पुरस्कार पाउनेछन् । प्रतियोगिताको अनुमानित खर्च ५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कोभिड–१९ संक्रमणका कारण प्रतियोगिता हुन सकेको थिएन । सन् २०१९ को संस्करणमा ४० विदेशीले प्रतिस्पर्धा गरेका थिए । ‘कोभिड– १९ को प्रभाव कम भए पनि विदेशीको सवालमा सबै कुरा स्पष्ट नभएकाले यसपालि घरेलु खेलाडीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्,’ निर्देशक आचार्यले भने, ‘विदेशी खेलाडी नभए पनि नेपालमा रहेका विदेशी कूटनीतिज्ञलाई बोलाएर खेलाउने लक्ष्य बनाएका छौं ।’


प्रकाशित : आश्विन ८, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?