३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ईपीएलका लागि काठमाडौं किंग्स ११ द्वारा टिम घोषणा

काठमाडौँ — काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं किंग्स–११ ले कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमका सदस्यहरु सार्वजनिक गरेको हो ।

ईपीएलका लागि काठमाडौं किंग्स ११ द्वारा टिम घोषणा

काठमाडौं किंग्स ११ टिम एभरेष्ट प्रिमियर लिगमा जर्सी नम्बरसहित आफ्ना खेलाडीहरुको घोषणा गरेको थियो । पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नम्बर १० लगाएर खेल्ने छन् भने अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बरको जर्सी लगाएर खेल्ने छन् । अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नम्बरको जर्सी लगाउने छन् । काठमाडौं किंग्स ११ का कप्तान अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो बलिङ प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नम्बर २५ लगाउने छन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

छ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल यही असोज ९ गतेदेखि असोज २५ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिमेट मैदानमा हुँदैछ ।

काठमाडौं किंग्स ११ ले पहिलो चरणमा असोज ९ गते ललितपुर पाट्रिएट्स, असोज ११ गते विराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : आश्विन ८, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?