कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पोखरा राइनोजको कप्तानी विनोदले गर्ने

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्ने भएका छन् ।

पोखरा राइनोजको प्रमुख प्रशिक्षकमा रहेका छन्, भारतका उमेश पटवाल । उनी नेपाली राष्ट्रिय टिमसँग केही समयअघिसम्म आबद्ध थिए । तर यो सम्बन्ध लामो समय टिक्न सकेन । अहिले फेरि उनी नेपाल फर्केका छन् । उनको भूमिका फेरिएको छ । उनले फेरि नेपाल फर्कन पाएकोमा खुसी व्यक्त गरे ।

पोखरा राइनोजको कप्तानी विनोदले गर्ने

उनले भने, ‘पोखरा राइनोजले यसपालि ईपीएलमा बलियो दाबेदारी प्रस्तुत गर्नेछ ।’ पटवाल आएपछि उनकै सल्लाहमा विनोदले कप्तानी पाएका हुन् । टिमका उपकप्तान भने दक्षिण अफ्रिकी खेलाडी रिचार्ड लेभी हुनेछन् । बिहीबार आयोजित कार्यक्रममा लेभीसँगै अन्य विदेशी खेलाडीलाई पनि प्रस्तुत गरिएको थियो । सबैले नेपाली घरेलु ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाएकोमा खुसी व्यक्त गरे । टिमका अन्य विदेशी खेलाडी छन्, वेस्ट इन्डिजका केसरिक विलियम्स, श्रीलंकाका असेला गुणरत्ने र सहान अर्चिगे ।

कप्तान भण्डारीले टिमको प्रदर्शन उत्कृष्ट हुने दाबी गरे । उनले भने, ‘टिम सन्तुलित छ । टिममा पुराना अनुभवी खेलाडी छन्, नयाँ उत्साही खेलाडी पनि छन् ।’

प्रशिक्षक पटवाललाई सहयोग गर्नेमा शक्ति गौचन र रिजन प्रजु रहेका छन् । शक्ति बलिङ प्रशिक्षक छन् भने रिजन फिल्डिङ प्रशिक्षक । पोखरा राइनोजको पहिलो खेलमा सोमबार भैरहवा ग्ल्याडियटर्सविरुद्ध खेल्नेछ । पूरा टिमको जिम्मा भने अर्का पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीको काँधमा छ । उनी निर्देशकका रूपमा हुनेछन् ।

टिमको स्वामित्व जम्प नेसनको छ । टिमका मालिक हुन्, साहिल अग्रवाल र दीपा अग्रवाल । मालिक दीपाको दाबी थियो, पोखरा राइनोजको तयारी राम्रो छ, त्यसैले प्रतियोगितामा टिमले राम्रो गर्ने सम्भावना बढी छ ।


प्रकाशित : आश्विन ७, २०७८ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?