ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने- खेलकुद - कान्तिपुर समाचार

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सले बिहीबार विज्ञप्ति जारी गर्दै 'व्यक्तिगत कारण'ले कप्तान मल्ल मैदानमा उत्रन नसक्ने जनाएको छ । मल्लले ललितपुरका सीईओ निरज कोइरालालाई इमेल मार्फत आफू खेल्न असमर्थ रहेको जानकारी दिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

मल्लले इमेलमा आफू नखेल्दा पनि टिममा कुनै असर नपर्ने समेत जनाएका थिए । ललितपुरले मल्लले पठाएको इमेल समेत सार्वजनिक गरेको छ ।

ईपीएल सुरु हुनुभन्दा दुई दिनअघि मात्रै मल्ल मैदानमा नउत्रने कुरा ललितपुरले सार्वजनिक गरेको हो । ललितपुर प्याट्रियट्सका सीईओ कोइरालालाई पठाएको इमेलमा मल्लले खेलका लागि आफू पूर्ण रुपमा तयार नरहेको बताएका छन् ।

प्रकाशित : आश्विन ७, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

सिटिजन्स र बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले रिसोर्टमा छुट पाउनेछन् ।

प्रकाशित : आश्विन ७, २०७८ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×