पाकिस्तानी क्रिकेट स्टार साहिद अफ्रिदी काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी 'एभरेस्ट प्रिमियर लिग' खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पाकिस्तानी क्रिकेट स्टार साहिद अफ्रिदी काठमाडौंमा

विमानस्थलमा उनलाई आयोजक संस्थाका अधिकारीहरुले स्वागत गरे । शनिबार सुरु हुने 'एभरेस्ट प्रिमियर लिग' को चौथो सिजन अन्तर्गत अफ्रिदी काठमाडौं किङ्स ११ बाट त्रिभुवन खेल मैदानमा खेल्नेछन् । सन्दीप लामिछाने आबद्ध टोली काठमाडौँं किङ्स ११ बाट उनले ललितपुर प्याट्रियोट्सविरुद्ध उद्घाटन खेल खेल्नेछन् ।


तस्बिर : अंगद ढकाल/कान्तिपुर

सन्दीपको नेतृत्वमा किङ्स ११ बाट अफ्रिदीसहित नेपाली खेलाडीहरु अमित श्रेष्ठ, सुवास खकुरेल, शेर मल्ल, सिद्धार्थ लोहनी, मोहम्मद साम्सद शेख, दीपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अशोक चन्द, अमर सिंह रौतेला र गुल्सान झाले खेल्नेछन् ।


यसअघि अफ्रिदीले दक्षिण एसिया क्षेत्रमा खेल र क्रिकेट प्रचारका लागि नेपाल प्रस्थान गरेको जानकारी दिएका थिए । साथै अन्य खेलाडीहरु पनि पाकिस्तानमा आउनेमा आशा राखेको उनले बताएका थिए ।

प्रकाशित : आश्विन ७, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?