कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वेस्ट ह्यामले लियो म्यानचेस्टरमाथि बदला

एजेन्सी

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा बेहोरेको हारको बदला लिँदै बुधबार म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको एक मात्र गोल मेनुएल लान्जिनीले गरे ।

वेस्ट ह्यामले लियो म्यानचेस्टरमाथि बदला

उनले सन् २०१९ मे यता गरेको यो पहिलो गोल हो । सन् २००७ यता वेस्ट ह्यामले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको पनि यो पहिलो पल्ट हो । वेस्ट ह्याम लिगको पछिल्लो खेलमा म्यानचेस्टरसँग पराजित रहेको थियो

अन्तिम १६ मा प्रवेशका लागि चेल्सीले एस्टन भिल्लालाई टाइब्रेकरमा ४–३ ले हरायो भने टोटनहमले टाइब्रेकरमै उल्भ्सलाई ३–२ ले पन्छायो । यस्तै आर्सनलले विम्बल्डनलाई ३–० किनारा लागायो ।


प्रकाशित : आश्विन ७, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?