असोज १० देखि धरानमा फुटसल हुने 

प्रदीप मेन्याङ्बो

सुनसरी — मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा धरानमा च्यारिटेबल प्रथम सिंगापुर तथा मितेरी फुटसल प्रतियोगिता हुने भएको छ ।

असोज १० देखि धरानमा फुटसल हुने 

असोज १० गते देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । उक्त प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिम गरी धरान, इटहरी, काठमाडौं, पोखरा, चितवन, मोरङ, झापा, धनकुटालगायतका करिब ३० टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले बताए ।

प्रतियोगिता सञ्चालनबाट संकलन भएको रकमले वडाको विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने राईले बताए । यसैगरी धरान १३ मा रहेको पेट्रोल पम्पदेखि भेडेटारसम्मको घुम्तीहरुमा र धरान उपमहानगरभित्रका जोखिमयुक्त घुम्ती र चौकहरु गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाउनमा खर्च गरिने बताइएको छ ।

प्रतियोगिताका अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुरबाट छुट्टिमा नेपाल आएका बेला समूहले सामाजिक उत्तरदायित्व निर्वाह गर्न च्यारिटेबल प्रतियोगितको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्बूले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?