सिटी र लिभरपुल लिगकपको चौथो चरणमा

एजेन्सी

लन्डन — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुलले मंगलबार राति इङ्लिस लिगकपको चौथो चरणको यात्रा तय गरेका छन् । सिटीले यसका लागि वाइकम्बलाई ६–१ ले हरायो । त्यसमा रियाद मेहराजले दुई गोल गरे । 

सिटी र लिभरपुल लिगकपको चौथो चरणमा

यस्तै लिभरपुलले नरविच सिटीलाई ३–० ले पराजित गर्‍यो । यसमा जापानी खेलाडी ताकुमी मिनामिनोले दुई गोल गरे । दिनका अन्य प्रमुख खेलमा क्यूपीआरले एभरटन र सेफिल्ड युनाइटेडले साउथह्याम्पटनलाई टाइब्रेकरमा पराजित गरेर अर्को चरणमा प्रवेश गर्न सफल रहे ।


प्रकाशित : आश्विन ६, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?