३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गेटाफेलाई हराउँदै एट्लेटिको शीर्षमा

एजेन्सी

म्याड्रिड — लुइस स्वारेजले खेलको अन्त्यतिर गरेको दुई गोलमा एट्लेटिको म्याड्रिडले मंगलबार राति गेटाफेलाई २–१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गेटाफेलाई हराउँदै एट्लेटिको शीर्षमा

स्टेफान मिट्रोभिचको गोलले गेटाफेले अग्रता लिएयता स्वारेजले ७८ र ९० औं मिनेटमा गोल गरेका हुन् । लिगमा एटलेटिको अहिलेसम्म अपराजित रहेको छ र उसको छ खेलबाट १४ अंक भएको छ ।

रियल म्याड्रिड पाँच खेलबाट १३ अंकमा दोस्रो स्थानमा छ । मंगलबारकै अन्य खेलमा रायो भाल्कानोले एथलेटिको बिलबाओलाई २–१ र सेल्टा भिगोले लेभान्टेलाई २–० ले हरायो ।

प्रकाशित : आश्विन ६, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?