रत्नजित र रशिला च्याम्पियन

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपका विजेता भएका छन् । शीर्ष वरीयताका रत्नजित पुरुष एकल र रशिला महिला एकलमा च्याम्पियन भएका हुन् ।

रत्नजित र रशिला च्याम्पियन

ललितपुरस्थित रिभाइभ लिजरपार्कको कोर्टमा मंगलबार फाइनलमा रत्नजितले आयोजक लिजर पार्कका प्रिन्स दाहाललाई २०–२२, २१–१९, २१–१३ को सेटमा हराएर उपाधि जिते । रत्नजितले ५० हजार र प्रिन्सले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

तेस्रो भएका प्रफुल महर्जन र साजनकृष्ण ताम्राकारले समान १० हजार हात पारे । महिलातर्फ रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–८, १७–२१, २२–२० को सेटमा हराएर ५० हजार पुरस्कार जितिन् । अनुमाया २५ हजार तथा जेसिका गुरुङ र अमिता गिरी तेस्रो हुँदा १०–१० हजार जित्न सफल भए ।

शीर्ष २० देखिबाहेक खेलाडीबीच पुरुष युगलतर्फ मनकामना स्पोर्ट्सका विशाल बस्नेत र प्रनिशसिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्सका राम बानियाँ र सुजन थापाको जोडीलाई २१–१६, १७–२१, २१–१८ ले हराएर ५० हजार जित्यो । दोस्रो भएको जोडीले २५ हजार पायो ।

भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाखे र चितवनका सुभाष श्रेष्ठको जोडीले लिजरपार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई १९–२१, २१–१४, २१–१९ ले हराएर उपाधि जित्यो । विजेताले २५ हजार र उपविजेता जोडीले १५ हजार पाए ।

प्रकाशित : आश्विन ६, २०७८ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?