एएफसी वुमेन्स एसियाकप

एएफसी वुमेन्स एसियाकप : हङकङविरुद्ध नेपालको बहादुरीपूर्ण बराबरी

काठमाडौँ — नेपालले एएफसी वुमेन्स एसियाकप छनोटमा मंगलबार हङकङविरुद्ध बहादुरीपूर्ण गोलरहित बराबरी निकालेको छ । यससँगै नेपालले प्रतियोगितामै पहिलोपल्ट अंक बटुल्न पनि सफल भएको छ । नेपालले सन् ८० र ९०को दशकमा यसै प्रतियोगिताको तीन छनोट संस्करण खेलेको थियो ।

एएफसी वुमेन्स एसियाकप : हङकङविरुद्ध नेपालको बहादुरीपूर्ण बराबरी

नेपालले हङकङविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल भने निकाल्न सकेन । उज्वेकिस्तानको तास्केनमा भएको यस खेलपछि नेपालको छनोट यात्रा सकिएको छ । तीन टिम सम्मिलित छनोटमा नेपाल एक अंकसहित दोस्रो स्थानमा छ ।

फिलिपिन्स भने तीन अंकसहित शीर्ष स्थानमा छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित गरेको थियो । त्यसमा एक गोलको अग्रता लिएर पनि नेपालले अन्त्यतिर दुई गोल खाएपछि हार बेहोर्नु परेको थियो । नेपालले हङकङको सामना गरेको ३२ वर्षयता पहिलो पल्ट हो ।

हङकङविरुद्धका यसअघिका दुई खेलमा हार सामना गरेको नेपालले यसपल्ट भने नतिजामा सुधार ल्याएको छ । सन् १९८६ मा नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पल्ट खेल्दा पनि हङकङ नै पहिलो प्रतिद्वन्द्वी टिम रहेको थियो । सन् १९८९ मा नेपालले हङकङविरुद्ध दोस्रो पल्ट खेलेको थियो ।

प्रकाशित : आश्विन ५, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?