कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ओमानबाट नेपाली क्रिकेट टोली फर्कियो

काठमाडौँ — ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधारसमेत गरेर फर्किएको छ ।

ओमानबाट नेपाली क्रिकेट टोली फर्कियो

युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता पनि पार्‍यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तार टोलीमा देखिन थालेको बताए ।

कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरैभन्दा धेरै खेल युवा खेलाडीका लागि खाँचो रहेको थपे । यस्तै, प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईमा टोलीमा राम्रो छाप परे पनि दीर्घकालीन योजन अनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लले तर्क राखे ।


खेलका ८ खेलमध्ये चारमा सफलता हात पारेको नेपालले तालिकामा दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिँदा नेपाली युवा खेलाडीको प्रदर्शन तारिफ योग्य रह्यो । यसअघि ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने केही सुधारिएको प्रदर्शन नेपाली टोली गर्न सफल भयो । कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङ इनिङ्लाई सम्हालेका थिए । जसमा दुवै ब्याट्सम्यानले व्यक्तिगत करियरमा भ्रमण सार्थक बनाउन सफल भए । ओपनिङ मध्येका युवा ब्याट्सम्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए ।


यस्तै, राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए । विक्रम शोबले अमेरिकाविरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट निकाल्न सफल भएका थिए । व्यक्तिगत खेललाई निर्खानका लागि अझै मिहिनेत गर्नुपर्ने उनले बताए ।


विक्रमको अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन् । चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन । एक दिवसीय खेलमा पहिलो पटक ओमानविरुद्ध बलिङ गर्दा शरद भेषवाकरले पहिलो विकेट आफ्नो नाममा पनि लेखाए । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले ओमान रहादा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो ।

प्रकाशित : आश्विन ५, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?