१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बार्सिलोना बराबरीमा रोकियो

एएफपी

म्याड्रिड — प्रशिक्षकका रूपमा रोनाल्ड कोमनको स्थिति बार्सिलोनामा अझ कमजोर भएको छ । स्पेनी ला लिगामा बार्सिलोनाले मंगलबार राति कमजोर मानिएको ग्रेनेडासँग १–१ को बराबरी खेलेको हो । 

बार्सिलोना बराबरीमा रोकियो

रोनाल्ड अराजोले खेलको अन्त्यतिर हेडबाट गोल गरेपछि मात्र बार्सिलोना बराबरी नतिजा निकाल्न सफल भएको हो । ग्रेनेडाले खेलको दोस्रो मिनेटमा डोमिनगोसको गोलले अग्रता लिएको थियो ।

क्याम्प नुमा भएको खेलमा अराजोले ९०औं मिनेटमा मात्र फर्काए । बार्सिलोनाले सुरुआती पाँच खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । युरोपेली च्याम्पियन्स लिगको पछिल्लो खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भएको थियो । यससँगै क्लबमा प्रशिक्षक कोमनको भविष्य अनिश्चित भएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?