कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भ्यालेन्सियाविरुद्ध रियल म्याड्रिडको पुनरागमन जित

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले अन्तिम चार मिनेटमा दुई गोल गर्दै स्पेनी ला लिगामा भ्यालेन्सियालाई २–१ ले हराएको छ । जितसँगै रियल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

भ्यालेन्सियाविरुद्ध रियल म्याड्रिडको पुनरागमन जित

भ्यालेन्सियाले ६६औं मिनेटमा ह्युगो डुरोको गोलले अग्रता लिएको थियो । रियलका लागि ८६औं मिनेटमा भिनिसियस जुनियरले पहिलो गोल फर्काए । त्यसपछि करिम बेन्जेमाले ८८औं मिनेटमा विजयी गोल गरे । यो सिजनमा बेन्जेमाको छैटौं गोल हो ।

यो जितपछि रियलको पाँच खेलबाट १३ अंक भएको छ । भ्यालेन्सिया भने १० अंकमा तेस्रो स्थानमा रहेको छ । आइतबारको अर्को प्रमुख खेलमा रियल सोसिडाडले सेभियासँग गोलरहित बराबरी खेल्यो ।

प्रकाशित : आश्विन ४, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?