युभेन्टस र मिलानबीच बराबरी

एजेन्सी

मिलान — इटालीको सिरी ‘ए’मा आइतबार युभेन्टस र एसी मिलानले १–१ को बराबरी खेलेका छन् । यो सिजनमा युभेन्टस घरेलु लिगमा अझै जितविहीन रहेको छ । अल्भारो मोराटाको गोलमा युभेन्टसले घरेलु मैदानमा अग्रता लिएको थियो ।

युभेन्टस र मिलानबीच बराबरी

मिलानका लागि एन्टे रेबिचले बराबरी गोल फर्काए । यो नतिजापछि मिलान १० अंकसाथ लिग तालिकाको दोस्रो स्थानमा रह्यो । इन्टर मिलान समान अंकसाथ शीर्ष स्थानमा छ ।

युभेन्टस भने चार खेलबाट दुई अंक मात्र जोडेर रेलिगेसन क्षेत्रमा छ । आइतबारको अर्को खेलमा एएस रोमा भेरोनासँग ३–२ ले पराजित रह्यो ।

प्रकाशित : आश्विन ४, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?