कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आईसीसी वर्ल्डकप लीग-२ : नेपालद्वारा ओमान ७ विकेटले पराजित

काठमाडौँ — सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

आईसीसी वर्ल्डकप लीग-२ : नेपालद्वारा ओमान ७ विकेटले पराजित

मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ ‍औं ओभरमा लक्ष्य भेटेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरे । मल्लले ४६ बल खेल्दै २ छक्का र ४ चौका प्रहार गरेर ५२ रन बनाए ।

उनले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको साझेदारी गरेका हुन् । ४४ बल खेलेका शेखले ४० रन बनाए । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६ रन बनाएर आउट भएका थिए ।

टस जितेर फिल्डिङ रोजेको नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट थियो । यस्तै शरद भेषवाकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित : आश्विन ३, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?