कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आईसीसी वर्ल्ड क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ — आईसीसी वर्ल्डकप लिग–२ मा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

आईसीसी वर्ल्ड क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो

नेपालका ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट भएका छन् । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरको पहिलो बलमै भुर्तेललाई गुमाएको हो । भुर्तेललाई कालीमुलाहले आउट गरेका हुन् ।

यो समाचार तयार पर्दासम्म चौथो ओभरको खेल समाप्तिमा नेपालले १ विकेट गुमाएर १८ रन बनाएको छ । यसअघि नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १२१ रनमा अल आउट भएको थियो ।

प्रकाशित : आश्विन ३, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?