आईसीसी वर्ल्ड क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शन

काठमाडौँ — आईसीसी वर्ल्ड क्रिकेट लिग टुमा ओमानविरुद्धको खेलमा नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा जारी खेलमा १८ ओभर खेल सकिँदा ६ विकेट खसेको छ । ओमानले ६ विकेटको क्षतिमा ५५ रन जोडेको छ ।

आईसीसी वर्ल्ड क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शन

करन केसी र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिएका छन् । नेपाली बलरसामू निरिह बनेको ओमानका लागि जितेन्दर सिंहले १३ रन बनाए । यस्तै, जिसन महसुद ११ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित : आश्विन ३, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?