‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : शंखमूल र फुटसल फाइभको रोमाञ्‍चक बराबरी

कुशल तिमल्सिना

काठमाडौँ — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको आफ्नो पहिलो खेलमा उपाधि दाबेदार शंखमूलले धरानको फुटसल फाइभसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : शंखमूल र फुटसल फाइभको रोमाञ्‍चक बराबरी

पोखरा रंगशालास्थित कभर्डहलमा आइतबारको दोस्रो खेल शंखमूलले २–० को अग्रता बनाएर पनि बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

शंखमूलका लागि सुशान श्रेष्ठले तेस्रो मिनेटमै गोल गरेका थिए ११ औं मिनेटमा कृजल खड्काले गोल गरेपछि उसले अग्रता दोब्बर बनायो । पहिलो हाफको अन्तिम मिनेटमा फुटसल फाइभका प्रवेश जोशीले एक गोल फर्काएका थिए ।


दोस्रो हाफमा शंखमूलले एक गोलमात्र थप्न सक्यो । फुटसल फाइभका विजय श्रेष्ठले ३० औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए ।


त्यसको दुई मिनेटपछि शंखमूलले पेनाल्टी पायो । गोलरक्षक धिरज तामाङले आफ्नो बक्सबाट बाहिर निस्केर हातले बल छोएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै शंखमूललाई पेनाल्टीको अवसर दिएका थिए । त्यस पेनाल्टीमा गोल हुन नसके पनि त्यसको एक मिनेटपछि दोस्रो हाफमा ६ फल गरेका कारण पाएको पेनाल्टीमा शंखमूलका लक्ष्मण थापामगरले गोल गरे ।


३४ औं मिनेटमा सरोज तामाङले गोल गरेपछि फुटसल फाइभले खेल बराबरीमा ल्यायो । त्यसयता गोल हुन सकेन ।


प्रकाशित : आश्विन ३, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?