बोलोग्नामाथि इन्टरको ६ गोल- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोलोग्नामाथि इन्टरको ६ गोल

एजेन्सी

मिलान — एडिन जेकोले दुई गोलको मद्दतले इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार बोलोग्नालाई ६–१ ले हराएको छ । लउटारो मार्टिनेजको गोलले अग्रता लिएको इन्टर यस सिजन अपराजित रहेको छ ।

टिमका प्रमुख खेलाडी रोमेलु लुकाकुलाई गुमाएको इन्टरले प्रशिक्षक सिमोन इन्जाघीको नेतृत्वमा आफ्नो सुखद सुरुआत कायम राखेको छ । इन्टर अंक तालिकाको शीर्ष स्थानमा छ ।

इन्टरको चार खेलबाट १० अंक भएको छ । सुरुआती चार खेलमा १६ गोल गरेको इन्टरले सन् १९६०–१९६१ यता सबैभन्दा उत्कृष्ट सुरुआत लिएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

एभरटनको अपराजित यात्रा टुंगियो

एजेन्सी

लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा एभरटनको अपराजित यात्रामा शनिबार पूर्णविराम लगाउँदै  ३–० ले पराजित गरेको छ । भिल्लापार्कमा भएको खेलको दोस्रो हाफमा ९ मिनेटको अन्तरमा तीन गोल निस्केको हो ।

म्याटी क्यासको गोलमा अग्रता लिएको भिल्लाका लागि दोस्रो गोल आत्मघाती थियो । तेस्रो गोल भने लियोन बेलीले गरे । हारपछि एभरटन १० अंकमा सीमित रह्यो ।

यसअघि लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले हराएको थियो । यो जितपछि टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । लिभरपुलको पाँच खेलबाट १३ अंक पुगेको छ ।

प्रकाशित : आश्विन ३, २०७८ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×