कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ — पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।

नेपाल फिलिपिन्ससँग पराजित

विमलाले १० औं मिनेटमा गोल गरिन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो ।

अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो र त्यसमा नेपाल ५–० ले पराजित रहेको थियो ।


प्रकाशित : आश्विन २, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?