२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अमेरिकासँग लगातारको जित प्रयास असफल

काठमाडौँ — नेपालको अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सपना शुक्रबार पूरा हुन सकेन । नेपाल आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृंखलामा अमेरिकाको हातबाट ६ विकेटले पराजित रह्यो । अमेरिकालाई जित दिलाउन ब्याटबाट स्टेभन टेलरले प्रमुख भूमिका निभाए ।

अमेरिकासँग लगातारको जित प्रयास असफल

प्रारम्भिक ब्याट्सम्यान रहेका टेलरले ६३ बलमा आक्रामक ९२ रन बनाएका थिए । उनले १२ चौका र तीन छक्का प्रहार गरे । उनले मोनान्क पटेलसँग मिलेर निर्णायक साबित ९७ रनको साझेदारी गरे । मोनान्क ३८ रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान जशकरण मल्होत्राले ३६ रन बनाएर अमेरिका २९.३ ओभरमामा ४ विकेट गुमाएर आवश्यक रन बनाउन सफल रह्यो ।

टेलर नेपाली बलर करण केसीको बलमा आउट भए । नेपालका लागि डेब्युका अवसर पाएका गुलशन झाको प्रदर्शन बिर्सनलायक रह्यो । करणसँगै सन्दीप लामिछानेले समान २ विकेट लिए । यसअघि कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलजीवनको तेस्रो अर्धशतक बनाए पनि नेपाल अमेरिकासामु १ सय ७५ रनको लक्ष्यमात्र प्रस्तुत गर्न सफल रहेको थियो ।

टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको नेपालले ४८ ओभरमात्र टिकेको थियो । त्यसमा कप्तान ज्ञानेन्द्रलाई छाडेर अन्य कोही पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेनन् । ज्ञानेन्द्रले भने १ सय ५ बलको इनिङ्समा तीन चौका प्रहार गरेर ५५ रन जोडे । यस्तै प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ३६ र गुलशनले २८ रनको योगदान दिए ।

कुशलले ५ चौका र एक छक्का पनि प्रहार गरे । नेपालले अन्तिम ३४ रन बनाउँदा ६ विकेट गुमाएको थियो । एक समय ५ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा नेपालले त्यसपछि लगातार विकेट गुमाएको थियो । अमेरिकी बलरमध्ये केली फिलिप्सले तीन र सौरभ नेत्रवाल्करले ४ विकेट लिए ।

प्रकाशित : आश्विन २, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?