१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लेस्टर र नेपोलीबीच बराबरी

एजेन्सी

पेरिस — युरोपा लिगमा इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले बिहीबार नेपोलीसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । लेस्टरले दुई गोलको अग्रता लिएर पनि अन्तत: बराबरीमा चित्त बुझाउनुपरेको हो ।

लेस्टर र नेपोलीबीच बराबरी

किंग्स पावर स्टेडियममा भएको खेलमा आयोज पेरेज र हार्भी ब्रान्सको गोलमा लेस्टरले अग्रता लिएको थियो । दोस्रो हाफमा नेपोलीका लागि भिक्टर ओसिमहेनले दुई गोल गरे ।

प्रतियोगिताका अन्य प्रमुख खेलमा रियल बेटिसले सेल्टिकलाई ४–३, वेस्ट ह्यामले डायनामो जागरेभलाई २–०, लियोनले रेन्जर्सलाई २–० र गालातासारेले लाजियोलाई १–० ले हराए ।


प्रकाशित : आश्विन १, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?