कान्तिपुरकर्मी परियार पुरस्कृत

पोखरा — सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियार सम्मानित भएका छन् ।

कान्तिपुरकर्मी परियार पुरस्कृत

क्लबको २३ औं वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले परियारलाई पुरस्कार हस्तान्तरण गरे ।

पुरस्कार राशि २० हजार ५ सय ५५ रुपैयाँ छ । क्लबका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई उत्कृष्ट खेल पत्रकारको रूपमा छनोट गरेको थियो ।

खेलकुदलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्‍याउने एक खेल पत्रकारलाई क्लबले हरेक वर्ष वाषिकोत्सवमा सम्मान गर्दै आएको छ । यसअघि १५ पत्रकार पुरस्कृत भइसकेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?