च्याम्पियन्स लिगमा पूर्वविजेताद्वय रियल र लिभरपुलको जित

एजेन्सी

पेरिस — युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति दुई पूर्वविजेता रियल म्याड्रिड र लिभरपुल विजयी रहे । रियलले रोडरिगोले ८९औं मिनेटमा गरेको गोलमा अर्को पूर्वविजेता इन्टर मिलानलाई १–० ले हरायो ।

च्याम्पियन्स लिगमा पूर्वविजेताद्वय रियल र लिभरपुलको जित

लिभरपुलले भने उत्कृष्ट पुनरागमन रच्दै एसी मिलानलाई ३–२ ले पराजित गर्‍यो । एन्टे रेबिच र ब्राहिम डियाजको गोलले पहिलो हाफमा मिलानले २–१ को अग्रता लिएको थियो । लिभरपुलको पहिलो गोल आत्मघाती रह्यो ।

त्यसपछि दोस्रो हाफमा लिभरपुलका लागि मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गरे । अर्को इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित आरबी लाइपजिगलाई ६–३ ले पन्छायो ।

लियोनल मेसीसहितको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने क्लब ब्रुगसँग १–१ को बराबरी खेल्यो । अन्य खेलमा बोरुसिया डर्टमुन्डले बेसिकटासलाई २–१, सेरिफले साख्तर डोनेस्कलाई २–० र आयाक्सले स्पोर्टिङ लिस्वनलाई ५–१ ले हराए । एट्लेटिको म्याड्रिड र एफसी पोर्टोबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।

प्रकाशित : भाद्र ३१, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?