बार्सिलोना फेरि बायर्नसँग पराजित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना फेरि बायर्नसँग पराजित

म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग हार्‍यो
कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपेली च्याम्पिन्स लिगमा मंगलबार बायर्न म्युनिकले बार्सिलोनालाई ३–० ले पराजित गरेको छ । क्याम्प नुमा भएको खेलमा बायर्नका लागि रोबर्टो लेवनडोस्कीको दुई गोल गरे । अर्को गोल थोमस मुलरले गरे ।

सन् २००३ यता बार्सिलोना पहिलो पल्ट लियोनल मेसीबिना खेलिरहेको थियो । खेलमाथि पूर्णत: बायर्नको नियन्त्रण थियो । गत वर्ष बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको थियो । मंगलबार बायर्नले बार्सिलोनाको भन्दा निकै स्तरीय खेल देखाएको थियो ।

मंगलबारका अन्य खेलमा चेल्सी र युभेन्टसले जित हात पार्दा रोनाल्डोप्रेरित म्यानचेस्टर युनाइटेड भने पराजित भयो । चेल्सीले रामेलु लुकाकुको गोलमो जेनिथ सेन्ट पिटर्सबर्गलाई १–० ले हरायो भने युभेन्टसले माल्मोमाथि ३–० को जित रच्यो ।

क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि म्यानचेस्टर भने स्विस क्लब योङ ब्वाइजसँग २–१ ले पराजित रह्यो । यस्तै अन्य खेलमा सेभिया र साल्सबर्गले १–१, डायनामो किभ र बेनफिकाले ०–०, भिल्लारियल र एटलान्टाले २–२ तथा लिले र उल्भ्सबर्गले ०–० ले बराबरी खेले ।

तस्बिरहरू : रोयटर्स

प्रकाशित : भाद्र ३०, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

दसैंलाई अग्रिम टिकट असोज दोस्रो सातादेखि

यात्रुको चाप हेरेर निर्णय लिऔं : व्यवसायी
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं नजिकिँदै गएपछि अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकारी निकाय र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । यही भदौ २१ मा प्रधानमन्त्री कार्यालयमा दसैंका लागि अग्रिम टिकट खुलाउनेबारे छलफल गरिएको थियो ।

छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले असोज दोस्रो साताबाट अग्रिम बुकिङ खुलाउन प्रस्ताव गरेका थिए । तर यसबारे औपचारिक निर्णय भने भइनसकेको विभागले जनाएको छ ।

आगामी शुक्रबार छलफल गरेर यसबारे निर्णय लिइने घिमिरेले जानकारी दिए । ‘दसैंभन्दा १०/१५ दिनअघिको समय राखेर अनलाइन बुकिङ खुला गर्न भनेका हौं,’ उनले भने । यातायात व्यवसायीसँग बैठक बसेर यसबारे छिट्टै निर्णय लिइने उनले बताए । कोभिडको जोखिम कायमै रहेकाले भीड कम गराउन यात्रु चढ्ने र झर्ने ठाउँको संख्या बढाइनेछ ।

सबै सवारीलाई स्वास्थ्य सावधानी अनिवार्य गरिने पनि उनले जानकारी दिए । काउन्टरमा भीड कम गराउन अनलाइन टिकेटिङमार्फत बुक गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिनेछ ।

दसैंलाई गाडीको टिकट बुकिङका विषयमा राम्रो तयारी गरेर मात्र निर्णय लिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘प्रदेश र स्थानीय तहमा सञ्चालन हुने सार्वजनिक सवारीमा भाडा समायोजनका कुरा मिलिसकेका छैनन्,’ उनले भने, ‘लामो दूरीका सवारीमा भाडा समायोजन गरिए पनि प्रदेश र स्थानीय तहमा टुंगो लागिसकेको छैन ।’ चाडबाडअघि नै यसबारे सम्बन्धित प्रदेशहरूले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकारको प्रस्ताव असोज दोस्रो सातालाई छ,’ सिटौलाले भने, ‘तर यसबारे निर्णय लिन यात्रुको चाप पनि हेर्नुपर्छ ।’ सामान्यतया दसैंको घटस्थापनाबाट बढी यात्रु बाहिरिन थाल्छन् ।

प्रकाशित : भाद्र ३०, २०७८ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×