मालिंगाले क्रिकेटबाट लिए संन्यास- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालिंगाले क्रिकेटबाट लिए संन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीलंकाली तीव्र गतिका बलर लासिथ मालिंगाले सबै प्रकारको क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी-२० विश्वकप जितेको थियो । यसअघि नै मालिंगाले एक दिवसीय र टेष्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।


तीस वटा टेष्ट खेलका उनले १ सय १ विकेट लिएका थिए त्यसैगरी २ सय २६ वटा एकदिवसीय खेलमा उनले ३ सय ३८ र ८३ वटा टी-२० खेलका मालिंगाले १ सय ७ विकेट लिएका थिए । लामो घुङ्ग्रिएको कपाल र फरक शैलीको बलिङ एक्सन चर्चाको विषय हुने गरेको थियो ।

प्रकाशित : भाद्र २९, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा नवविवाहिता बेपत्ता

सम्झना रसाइली

तनहुँ — टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×