आशिफ शेखले बनाए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक- खेलकुद - कान्तिपुर समाचार

आशिफ शेखले बनाए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका मोहोम्मद आशिफ शेखले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो । 

मंगलबार भएको आमानविरुद्धको खेलमा शेखले ६५ बलमा ५२ रन पूरा गर्दै पहिलो अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे । नेपालले यो समाचार तयार पार्दासम्म २ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

सोमबार अमेरिकाविरुद्ध आशिफले २३ रन प्रहार गरेका थिए । नेपालका कुशल भुर्तेल र रोहित पौडेलले पनि अर्धशतक पूरा गरेका थिए । भुर्तेलले ८४ र पौडेलले ६२ रन प्रहार गरेका थिए ।

प्रकाशित : भाद्र २९, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

८५ जना सह-सचिवको सरुवा [सूचीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह-सचिवलाई सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार उनीहरुको सरुवा मंगलबार गरिएको हो ।

वाग्मती प्रदेशका वन मन्त्रालयका सचिव महेश्वर ढकाललाई संघीय वन मन्त्रालयमा, त्यसैगरी सुदूर पश्चिमको उद्योग मन्त्रालयका सचिव यज्ञनाथ दाहाल वन मन्त्रालयमा, सुदूर पश्चिमको आन्तरिक मन्त्रालयमा सचिव चुडामणि पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, प्रदेश नम्बरको भूमि व्यवस्था मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे कृषि मन्त्रालयमा, प्रदेश नम्बर २ को भूमि व्यवस्था मन्त्रालयकी सचिव सम्झनाकुमार काफ्ले कृषि मन्त्रालयमा, वाग्मती प्रदेश भूमि सुधार मन्त्रालयकी सचिव मतिना वैद्य कृषि मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेश भूमि व्यवस्था मन्त्रालयकी सचिव सवनम शिवाकोटी अर्याल कृषि मन्त्रालयमा, लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल कृषि मन्त्रालयमा, कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र कृषि मन्त्रालय सरुवा गरिएको छ । त्यसैगरी सुदूर पश्चिम कृषि मन्त्रालयका सचिव किसनलाल भट्ट कृषि मन्त्रालयमा सरुवा गरिएको छ ।

यी हुन् सरुवा भएका सह-सचिवहरुको सूची:


प्रकाशित : भाद्र २९, २०७८ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×