कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्वकप लिग २ : कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट [अपडेट]

काठमाडौँ — आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको दोस्रो विकेट झरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् । 

विश्वकप लिग २ : कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट [अपडेट]

मोहम्मद नदीमको बलमा क्याच आउट हुनुअघि ३३ बल खेलेका कप्तान मल्लले एक चौका प्रहार गरेका थिए । उनले आसिफ शेखसँग मिलेर दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । पहिलो ओभरको दोस्रो बलमा कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए । यो समाचार तयार पर्दासम्म १२ ओभर खेलको नेपालले २ विकेट गुमाएर ५९ रन बनाएको छ ।

०००००

आईसीसी विश्वकप लिग-२ प्रतियोगिता अन्तर्गत मंगलबार ओमानविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । त्रिदेशीय क्रिकेट श्रृंखलाअन्तर्गत ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल भइरहेको छ ।

यस प्रतियोगतामा नेपाल, अमेरिका र ओमान छन् । डिभिजन २ मा १० खेल खेलको ओमानले ८ जित निकालेको छ । ऊ १६ अंककासाथ पहिलो स्थानमा छ । १३ खेल खेलको अमेरिकाले ६ खेलमा जित र ७ खेलमा हार व्यहोरेको छ । उसले १२ अंक जोडेको छ ।

नेपालले प्रतियोगितामा पाँच खेल खेलको छ । तीन खेलमा नेपालले जितेको छ । नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपालले सोमबार अमेरिकासँगको खेलाएको टिममा कुनै परिवर्तन गरेको छैन ।

प्रतियोगिताअघि नेपालले पपुवा न्यु गिनीसँग अभ्यास खेल लेखेको थियो । ती दुवै खेलमा नेपालले जित हासिल गरेको थियो ।

प्रकाशित : भाद्र २९, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?