२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एभरटनको अपराजित यात्रा कायम

एजेन्सी

लन्डन — एभरटनले सोमबार बर्नलीलाई ३–१ ले हराएर इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । यससँगै टोली शीर्ष स्थानमा अंक बराबरी गर्न पनि सफल रह्यो । गुडसन पार्कमा भएको खेलमा बेन मीले बर्नलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

एभरटनको अपराजित यात्रा कायम

तर त्यसपछि एभरटनले ६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । व्यवस्थापकका रूपमा राफेल बेनिटेज आएयता एभरटनले यो बलियो सुरुआत लिएको हो । माइकल केनले हेडबाट बराबरी गोल गरेयता बेनिटेजले अनुबन्ध गरेका दुई नयाँ खेलाडी एन्ड्रोस टावनसेन्ड र डामराई ग्रेले एक–एक गोल गरे ।

यो जितपछि ‘टोफिज’ को १० अंक भएको छ । समान अंकमा छिमेकी लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड रहेका छन् । लिभरपुलसँग आबद्धताको इतिहासका कारण एभरटनका समर्थक बेनिटेजको नियुक्तिमा खुसी थिएनन् । तर अब उनका आलोचक कम हुन थालेका छन् ।

प्रकाशित : भाद्र २९, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?