कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राडुकानुले जितिन यूएस ओपन

एजेन्सी

न्युयोर्क — इमा राडुकानुले आइतबार यूएस ओपन जितेकी छिन् । यससँगै महिला ग्रान्ड स्लाम उपाधिका लागि बेलायतको ४४ वर्ष लामो प्रतीक्षा सकिएको छ । उनले फाइनलमा लेलाह फर्नान्डेजलाई हराइन् ।

राडुकानुले जितिन यूएस ओपन

न्युयोर्कमा अविश्वसनीय यात्रा तय गर्ने क्रममा १८ वर्षीया राडुकानुले आफ्नी १९ वर्षीया प्रतिद्वन्द्वीलाई ६–४ र ६–३ ले हराइन् ।

सन् १९७७ मा अन्तिम पटक बेलायती खेलाडी भर्जिना वाडले ग्रान्ड स्लाम उपाधि जितेकी थिइन् । उनी आधुनिक टेनिस इतिहासमा क्वालिफायरका रूपमा ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी पनि भएकी छिन् ।


प्रकाशित : भाद्र २७, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?