यूएस ओपन फाइनलमा जोकोभिचको प्रतिद्वन्द्वी मेडभेडेभ

एजेन्सी

न्युयोर्क — विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले शनिबार यूएस ओपनको फाइनल यात्रा तय गरेका छन् । उपाधि भिडन्तमा उनको सामना डानिल मेडभेडेभसँग हुनेछ । पाँच सेटको रोमाञ्चक सेमिफाइनलमा जोकोभिचले एलेक्जान्डर जेभरेभलाई ४–६, ६–२, ६–६, ४–६ र ६–२ ले पराजित गरे ।

यूएस ओपन फाइनलमा जोकोभिचको प्रतिद्वन्द्वी मेडभेडेभ

यस जितपछि जोकोभिचले एक वर्षका सबै चार ग्रान्ड स्लाम जित्ने सम्भावना कायम राख्यो । यस्तै उनी कीर्तिमान २१ औं ग्रान्ड स्लाम जित्ने संघारमा पनि पुगेका छन् । यसअघि प्रतियोगिताको दोस्रो सेमिफाइनलमा रुसका मेडभेडेभले क्यानाडाका फेलिक्स अगुरलाई ६–४, ७–५ र ६–२ ले हराएका थिए ।

फाइनल आइतबार हुनेछ र त्यसमा जित निकाल्न सके जोकोभिचले रोजर फेडेरर तथा राफेल नाडाललाई उछिनेर सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी हुनेछन् । यस खेललाई लिएर जोकोभिचले भनेका छन्, ‘यो खेललाई म आफ्नो जीवनको अन्तिम प्रतिस्पर्धाका रूपमा खेल्नेछु । यसमा मैले सक्दो मिहिनेत गर्नेछु ।’

प्रकाशित : भाद्र २६, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?