१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक

ब्राजिलले पेरुलाई २-० ले हरायो
एजेन्सी

मोन्टेभिडियो — विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटमा शुक्रबार ब्राजिल र अर्जेन्टिना दुवै विजयी भएका छन् । ब्राजिलले पेरुलाई २–० ले पराजित गर्‍यो र त्यसमा एभरटन रिबेरो तथा नेयमारले एक-एक गोल गरे ।

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक

लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हरायो । मेसीले १४, ८४ र ८८औं मिनेटमा गोल गरे । शुक्रबारका अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई २–१, उरुग्वेले इक्वेडेरलाई १–० र कोलम्बियाले चिलीलाई ३–१ ले हरायो ।

कुल दस टिम सम्मिलित छनोटमा ब्राजिल आठ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको आठै खेलबाट १८ अंक छ । अंक तालिकाको शीर्ष पाँचमा उरुग्वे, इक्वेडर र कोलम्बिया पनि रहेका छन् ।

प्रकाशित : भाद्र २५, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?