कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेपाललाई पीएनजीले दियो १३५ रनको लक्ष्य

सन्दीपले लिए ४ विकेट

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पपुवा न्यु गिनी(पीएनजी) ले १३५ रनको लक्ष्य दिएको छ । 

नेपाललाई पीएनजीले दियो १३५ रनको लक्ष्य

ओमान भ्रमणमा रहेको नेपाललाई पीएनजीले टस जितेर बलिङको निम्तो दिएको थियो । पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनायो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रन बनाए । त्यस्तै चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिँदै ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड बनाएका छन् ।

प्रकाशित : भाद्र २२, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?