३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्युमै विक्रमको रेकर्ड

काठमाडौँ — विक्रम सोबले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलको पहिलो बलमै विकेट लिँदै नेपालका लागि रेकर्ड बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्युमै विक्रमको रेकर्ड

मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनी(पीएनजी)विरुद्धको खेलमा उनले पहिलो बलमै विकेट लिँदै नेपालका लागि रेकर्ड बनाएका हुन् ।

सोबले आफ्नो स्पेलको पहिलो ओभरको पहिलो बलमा पीएनजीका टोनी उरालाई बोल्ड गर्दै आउट गरेका थिए । यस्तै उनले आफ्नो स्पेलको दोस्रो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असद भालालाई पनि आउट गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युको पहिलो बलमा विश्वका विभिन्न २७ जना खेलाडीले विकेट लिएका छन् । नेपालका लागि भने सोब यस्तो रेकर्ड राख्ने पहिलो खेलाडी हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो बलमै विकेट लिने विक्रम एसोसिएट क्षेत्रका सातौं खेलाडी हुन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि सन् २०१८ अगस्त १ मा नेदरल्याण्ड्सविरुद्ध पहिलो खेल खेलेको थियो । उक्त खेलमा नेपालका कप्तान पारस खड्काले १० ओभरमा २६ रन खर्चँदै ४ विकेट लिएका थिए ।

प्रकाशित : भाद्र २२, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?