भारतले इंग्ल्यान्डलाई १५७ रनले हरायो

एजेन्सी

लन्डन — भारतले चौथो टेस्टको अन्तिम दिन सोमबार इंग्ल्यान्डलाई १ सय ५७ रनले पराजित गरेको छ । जितका लागि ३ सय ६८ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय १० रन बनाएर अलआउट भयो ।

भारतले इंग्ल्यान्डलाई १५७ रनले हरायो

अन्तिम दिन चिया सत्र लगतै इंग्ल्यान्डले सबै विकेट गुमाएको थियो । बिना कुनै विकेटको क्षतिबाट अगाडि खेल्न सुरु भएको इंग्ल्यान्ड भोजन सत्रपछि नाटकीय पतनको शिकार भएको थियो ।

घरेलु टिमले पहिलो विकेट ठ्याक्कै सय रनमा गुमाएको थियो । त्यसपछि भने उनसले नियमित अन्तरमा विकेट गुमायो । इंग्ल्यान्डका लागि हसिब हमिदले सर्वाधिक ६३ रन बनाए ।

तस्बिरहरू : एपी

भारतीय बलरमध्ये उमेश यादवले ३ विकेट लिए । यस जितसँगै भारतले पाँच टेस्टको शृंखलामा २–१ ले अग्रता लिएको छ ।

प्रकाशित : भाद्र २१, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?