१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपालको सुधारिएको प्रदर्शन, पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौँ — नेपाल र भारतबीच दशरथ रंगशालमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीको स्थितिमा रहेको छ । नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको छ र भारतमाथि लगातार दबाब सिर्जना गरिरहेको छ ।

नेपालको सुधारिएको प्रदर्शन, पहिलो हाफ गोलरहित बराबरीमा

भारतीय मिडियाबाट लगातार आलोचनाको सिकार भइरहेको भारतले आफ्नो प्रतिष्ठा अनुसार प्रदर्शन गर्न सकिरहेको छैन । भारतले पहिलो हाफमा कुनै उल्लेखनीय आक्रमण बुन्न सकेन । फेरि एकपल्ट भारतीय कप्तान सुनिल क्षेत्री नेपाली डिफेन्डरको छायामा रहे ।

नेपालले भने दुई स्पष्ट मौका सिर्जना गरेको थियो । खेलको १३ औं मिनेटमा मनीष डाँगीले पेनाल्टी एरियामा राम्रो अवसर पाएका थिए । भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वभाविक ‘पोसिजन’ मा नहुँदा मनीष आफै अनियन्त्रित भए ।

यस्तोमा उनी बललाई पोस्टको दिशा दिन असफल रहे । यस्तै २८ औं मिनेटमा आयुष घलानले निकालेको एयर बल पासमा आशिष लामाले त्यसलाई नियन्त्रणमा लिन सकेनन् र अवसर खेलर गएको थियो । पहिलो हाफको अन्त्यतिर भारतको खेलले केही गति लिएको थियो ।

यस खेलसँगै नेपालका लागि कप्तान तथा गोलरक्षक किरणले सर्वाधिक खेल खेलेको कीर्तिमान राखेका छन् । उनले यसका लागि पूर्व कप्तान विराज महर्जनलाई उछिनेका हुन् । किरणले नेपालका लागि ७४ औं क्याप जिते । विराजले नेपालका लागि ७३ पल्ट खेलेका छन् ।

प्रकाशित : भाद्र २०, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?