कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विश्वकप छनोट :  ओमानले जापानलाई १-० ले हरायो

एजेन्सी

टोकियो — ओमानले बिहीबार विश्वकप छनोटमा जापानलाई १–० ले पराजित गर्दै स्तब्धपूर्ण नतिजा निकालेको छ । खेलको अन्तिम मिनेटतिर इशाम अल साभीले ओमानका लागि ऐतिहासिक गोल गरे । 

विश्वकप छनोट :  ओमानले जापानलाई १-० ले हरायो

समूह ‘बी’ को पहिलो खेलमै जापानले नसोचेको नतिजा स्वीकार्न पुग्यो । जबकि पछिल्लो राउन्डमा जापानले सबै ८ खेल जितेको थियो । वर्षाले भिजेको ओसाकास्थित पानासोनिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि जापानले टोकियो ओलम्पिकमा खेलाएका युवा खेलाडी ताकेफुसा कुबो रित्सु डोएनलाई मैदान पठाएको थियो ।

तर ओमानले नै जापानी रक्षापंक्ति धेरैपल्ट भत्काएको समयमा साभीले आफू मैदानमा छिरेको केही मिनेट (८८ औं) मा गोल गरे । गोल गरेपछि आफूलाई आश्चर्यजनक महसुस भइरहेको उनले बताए । ‘हामीले राम्रो नतिजा निकाल्न सक्यौं, हामीले एक ढिक्का भएर धेरै मिहिनेत गरेका थियौं,’ उनले भने । ओमानका प्रशिक्षक ब्रान्को इभानकोभिचले यस नतिजालाई ‘ऐतिहासिक विजय’ को संज्ञा दिए ।

जापानको कमजोर प्रदर्शनले झन्डै ५ हजार दर्शक निराश हुन पुगे । जापानका कप्तान माया योसिदा आफ्नो टोलीको प्रदर्शनमा दुखी थिए । ‘हामी हार्‍यौं, जसरी हामी हार्नुपर्ने थियो,’ उनले भने, ‘हाम्रो लय, संयोजन साँच्चै हो भने निकै खराब थियो ।’ जापान एसियाको शीर्ष वरीयता टोली हो ।

यस समूहमा अस्ट्रेलिया, चीन, साउदी अरेयिबा र भियतनाम छन् । उता समूह ‘ए’ मा इराकले दक्षिण कोरियालाई सोलमा गोलरहित बराबरीमा रोकेको छ । घरेलु टोलीले वर्चस्व जमाए पनि गोल गर्न सकेन ।

प्रकाशित : भाद्र १८, २०७८ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?