कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डविरुद्ध भारतको बलियो जवाफ

एजेन्सी

लिड्स — भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शुक्रबार बलियो जवाफ फर्काएको छ । तेस्रो दिनको खेल समाप्तिमा भारत १ सय ३९ रनले पछाडि छ र उसका आठ विकेट बाँकी छन् । पाहुना टिमले आफ्नो दोस्रो इनिङ्समा दुई विकेट गुमाएर २ सय १५ रन बनाएको छ ।

इंग्ल्यान्डविरुद्ध भारतको बलियो जवाफ

त्यसमा चेतेश्वर पुजारा ९१ र कप्तान विराट कोहली ४५ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि नटआउट ९९ रनको साझेदारी गरिसकेका छन् । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले पनि ५९ रनको योगदान दिए ।

यसअघि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा ४ सय ३२ रन बनाएर अलआउट भएको थियो । टेस्टको पहिलो दिन भारत आफ्नो पहिलो इनिङ्समा ७८ रन मात्र बनाएर अलआउट भएपछि दबाबमा आएको थियो ।

प्रकाशित : भाद्र १२, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?