कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इंग्ल्यान्ड मजबुत स्थितिमा, ४२ रनले अगाडि

एजेन्सी

लिड्स — इंग्ल्यान्ड भारतविरुद्धको तेस्रो टेस्टको पहिलो दिन बुधबार बलियो स्थितिमा कायम रहेको छ । दिनको खेल समाप्त हुँदा घरेलु टिमले ४२ रनको अग्रता लिएको छ । उसका दुवै प्रारम्भिक ब्याट्सम्यान क्रिजमै छन् । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै विना विकेटको क्षति १ सय २० रन बनाएको छ ।

इंग्ल्यान्ड मजबुत स्थितिमा, ४२ रनले अगाडि

उसका लागि रोरी बर्नस ५२ र हसिब हमिद ६० रन बनाएर खेलिरहेका छन् । यसअघि इंग्ल्यान्डका सफल बलर जेम्स एन्डरसनले माथिल्लो क्रमको भारतीय ब्याटिङ क्रमलाई तोडेपछि पाहुना टिम आफ्नो पहिलो इनिङ्समा ७८ रन बनाएर अलआउट भएको थियो । एन्डरसनले आठ ओभरमा छ रन मात्र खर्चेर तीन विकेट लिए । त्यसमा भारतीय कप्तान विराट कोहलीको विकेट पनि रह्यो ।

कोहलीले नै टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए जुन सही साबित भएन । इंग्ल्यान्डका लागि साम कुरान र क्रेग ओभरटन दुवैले लगातार बलमा दुई–दुई विकेट लिए । चोटग्रस्त फास्ट बलर मार्क उडको स्थानमा खेल्ने मौका पाएका ओभरटनले १०.४ ओभरमा १४ खर्चे र तीन विकेट लिए । लन्च सेसनसम्म भारत चार विकेट गुमाएर ५६ रनको स्थितिमा थियो ।

उसले अन्तिम छ विकेट भने २२ रनमा गुमाएको थियो । पूरा भारतीय पहिलो इनिङ्स ४१ ओभर मात्र चलेको थियो । सन् १९७४ मा लर्ड्समा ४२ रन बनाएर अलआउट भएयता इंग्लिस भूमिमा भारतको यो सबैभन्दा कम स्कोर हो ।


प्रकाशित : भाद्र १०, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?